समाचार

अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको– बराल

पोखरा, २९ कात्तिक आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए । उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले… पुरा पढौ

दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने

पोखरा महानगरपालिकाको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । आइतबार साइकल सिटी पोखरालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको झन्डा हस्तान्तरण गर्दै साइकल दौड प्रतियोगिताको मिति समेत घोषणा गर्नुभयो । जसअनुसार पौष ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता, पौष ७ गते बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली र पौष ९ गते पोखराका मुख्य क्षेत्रमा वृहद साइकल र्‍याली गरिनेछ । पोखराको रानीवनमा हुने दोस्रो राष्ट्रिय… पुरा पढौ

काहुँडाँडामा गुरुयोजना सहितको विकास ल्याउछु ः थापा

कात्तिक २७, पोखरा ।गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् ।गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् ।थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश… पुरा पढौ

पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवार बराल र भण्डारी

पोखरा २३, कार्तिक पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताएका छन् । चुनावको प्रचार अभियान अन्तर्गत बुधबार पोखरा २ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार बराल र भण्डारीले पोखराको प्राचिन (पुरानो) घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने बताएका हुन् । पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल,… पुरा पढौ

पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास… पुरा पढौ

वेगनासमा झोलुंगे पुल– कोईराला

पोखरा, २३ कात्तिक आसन्न प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले अव वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट गर्दै रुपातालमा जस्तै वेगनासतालमा पनि पुल निर्माण गर्ने आफुनो योजना रहेको उनको भनाई थियो । ‘अहिलको कार्यकालमा रुपातालमा पुल बनाईयो, अबको कार्यकालमा वेगनासमा बनाउने हो ।’ उनले भने । कोईरालाले वेगनासको पिप्लेबाट बराह मन्दिर जोड्ने पुल आफुनो योजनामा… पुरा पढौ

समृद्धिका योजनाकारको सांसद सपना

मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने प्रण गर्छन् । उनी जनताको परिवर्तनको चाहना नै… पुरा पढौ

अबकाे पाँच वर्ष विकासका लागि : बिन्दु कुमार थापा

गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् । उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए । दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा… पुरा पढौ

बाटुलेचौर अब ‘सारंगी भिलेज’ : राप्रपा नेता अरुण गिरी
पोखरा, २१ कात्तिक ।

पोखरा १६ लाई सारंगी भिलेजको अवधारणामा विकास गर्ने अवधारणासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका अरुण गिरीले त्यस क्षेत्रमा चुनावी घरदैलो गरेका छन् । सारंगीका लागि नेपालकै ठुलो खुला पाठशालाको रुपमा पोखराको १६ नम्बर वडास्थित बाटुलेचौरलाई विकास गर्न जरुरी रहेको गिरीले बताए । आफूले पोखरा १६ को विशेषतालाई ध्यानमा राखेर बाटुलेचौरलाई सारंगी भिलेज घोषणा गर्ने र त्यसका लागि आवश्यक पुर्वाधारहरुको विकासका लागि नीतिगत रुपमा पहल गर्ने सवालमा आफ्नो घोषणापत्रमा उल्लेख गरेको पनि गिरीले जानकारी दिए… पुरा पढौ

पाेखरामा बागी विमर्श

उज्ज्वल प्रसाईले लेख्नुभएको गैरआख्यान-पुस्तक "एक बागी: खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्ष"को जीवनीकार तथा जीवनी-नायक दुवैकाे उपस्थितिमा पहिलोपटक पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा बाेल्दै खगेन्द्र संग्राैलाले पढ्नकाे निम्ति मैले दुईवटा कुरा मागे । एउटा मान्छे र अर्को पुस्तक । मान्छे पढ्ने भनेकाे परिवार पढ्ने हाे, छिमेक पढ्ने हाे, समाज पढ्ने हाे, इतिहास पढ्ने हाे, समाज शास्त्र पढ्ने हाे । पुस्तक पढ्ने भनेकाे मान्छेका ती ती क्षेत्रका गतिविधिहरूकाे प्रतिबिम्ब भएका कुरा पढ्ने हाे भने । उक्त कार्यक्रममा लेखक उज्ज्वल… पुरा पढौ