समाचार

गण्डकीमा ‘बालबालिकासँग मुख्यमन्त्री’ पब्लिक फोकेले प्रत्यक्ष प्रशारण गर्ने

पोखरा । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला… पुरा पढौ

परिणाम आजको आवश्यकता : कृषि मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर… पुरा पढौ

पोखरा क्लिकले पर्वतीय खुल्ला दौड प्रतियोगिता गर्ने

पोखरा । पोखरा क्लिकले पर्वतीय खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसर पारेर असोज १२ गते दौड प्रतियोगिता आयोजना गर्न लागेको बिहिबार पत्रकार   सम्मेलन मार्फत जानकारी दिएको हो ।  ८ किलोमिटर दौड प्रतियोगिताको रुट विश्वशान्ति स्तुप देखि पुम्दीकोट विशाल बुद्द मुर्ति परिक्रमा गरि पोखरा २२ कार्यालय हुदै बुद्द पार्क निगाले डाँडा सम्म हुने दौड प्रतियोगिता संयाेजक दिनानाथ बरालले बताए । प्रतियोगितामा जुनसुकै क्षेत्रका धावकले पनि सहभागिता जनाउन सक्ने छ्न । प्रतियोगितामा प्रथम, दोस्रो… पुरा पढौ

एआइपिएस एसिया र सिएमआर नेपाल बिच सम्झौता

काठमाडौं । एस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो । एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ । पुरा पढौ

पो.उ.वा.संघ चुनाव: पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

पोखरा । पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् । एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै जनालाई… पुरा पढौ

जसपाको गण्डकीमा संगठन निर्माण अभियान,५५ जनाले पार्टी प्रवेश

पोखरा । जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रिय सर्कुुलेसन अनुुसार गण्डकी प्रदेशमा आधारभुत संगठन निर्माण अभियानको सुुभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले पार्टी प्रवेश गरेका छन् । पार्टीका सह–अध्यक्ष तथा रकम चेम्जोङले संगठन विस्तारको कार्यक्रम अघि बढेको बताए । पछिल्लो समय ठुला दलप्रतिको वितृस्णा र उनीहरुको कार्यशैलीका कारण जनता आजित भएकाले अब नयाँ बैकल्पिक पार्टी रोज्ने कार्य सुरु भएको उनले सुनाए । पार्टीले हाल कांग्रेस–एमाले सरकारलाई… पुरा पढौ

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ

पोखरा ।पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए । कार्कीले व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे… पुरा पढौ

मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक टिभीले गर्ने

पोखरा । ११औं संस्करणको मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ । इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङ र पब्लिक फोरकेका प्रबन्ध निर्देशक मन क्षेत्रीले बुधबार असोज १७ गते हुने ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले स्थापना भएको छोटो समयमै प्रतिष्ठित इभेन्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । इभेन्ट फर यूका अध्यक्ष गुरुङले टेलिभिजनसँगको सहकार्यले इभेन्टको गरिमा अझै बढ्ने विश्वास व्यक्त गरे ।… पुरा पढौ

स्वीमिङपुलमा डुबेर एकजनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिका १७ पावरहाउस स्थित पावर हाउस रिसोर्टमा स्वीमिङपुलमा पौडी खेल्ने क्रममा डुबेर एक जना विदेशी नागरिक देवान सिंहको मृत्यु भएको छ । उनी पोखरा भ्रमण गर्न आएका थिए । पोखरा भ्रमणमा आएका उनी साथी संग स्वीमिङपुलमा पौडी खेल्ने क्रममा डुबे पछि साथीले बाहिर निकाली उपचारको लागि गण्डकी मेडिकल कलेज पुर्याएका थिए । उपचारको लागि गण्डकी कलेज लगेको सिंहलाई बुधबार चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । भारतको उत्तर प्रदेश लखनउ घर भएका सिंहको शव मणिपाल अस्पतालमा… पुरा पढौ

सहारा खेलकुद पुरस्कार परशुरामलाई, उत्कृष्ट सदस्य लीलबहादुर

पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् । नेपाल टेलिभिजन उत्कृष्ट संवाददाता पुरस्कार चारपल्टसम्म पाएका उनलाई भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार… पुरा पढौ