लागु औषधी बिक्री गर्ने र खरिद गर्ने दुवै प्रकाउ परे
पोखरा । पोखरामा बुधबार लागु औषधी बिक्री गर्ने र खरिद गर्ने दुबैलाई प्रहरीले प्रकाउ गरेको छ । धादिङ घर भएका २७ वर्षिय विजय पोख्रेललाई पोखरा नयाँ बजारमा प्रहरीले शंकास्पद अवस्थामा देखे पछि खनतलासी गर्दा उनले बोकेको झोलामा लागु औषधी ट्यापेन्डोल १ सय २० चक्की फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोधपुछ गर्दा नयाँबजारमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको खुल्न आए पछि प्रहरीले उक्त फार्मेसीमा खनतलासी गर्दा ट्यापेन्डोल ९० चक्की फेला परेकोले फार्मेसी संचालक ४८ वर्षिय केदार अधिकारीलाई प्रहरीले…
पुरा पढौ
पोखरा १२ मा निःशुल्क डेंगु परिक्षण हुदै
पोखरा । पोखरा महानगरपालिका वडा नं.१२ को आयोजनामा शुक्रबार निःशुल्क डेंगु परिक्षण एवं सचेतना कार्यक्रम हुने भएको छ । पछिल्लो समय कास्की लगायत छिमेकी जिल्लामा बढ्दै गएको डेंगुका कारण मानिसमा संकमण भई ज्यान समेत गएकोले पोखरा १२ ले वडावासीलाई निःशुल्क डेंगु परिक्षण एंव सचेतनाको कार्यक्रम गर्न लागेका वडा अध्यक्ष सन्तोष बास्तोलाले बताए । शुक्रबार बिहान ७ बजे पोखरा महानगरपालिका वडा नं.१२ को कार्यालयबाट प्रभात फेरि सुरु गर्ने र प्रभात फेरि सकेर निःशुल्क डेंगु परिक्षण गर्ने पोखरा १२ का वडा सदस्य…
पुरा पढौ
पिन पोखराको अध्यक्षमा : खतिवडा
पोखरा । नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन) पोखराको पाँचौ इकाई अधिबेशनले निरोज खतिवडालाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले अध्यक्ष सहित सबै कार्यसमिति सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल, सह-सचिब राजन बाबू ढुंगाना र कोषाध्यक्षमा विनय श्रेष्ठ, सह-कोषाध्यक्षमा उत्तम सुबेदी चयन भएका छन । यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ, रेशम बिष्ट चयन भए । कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका उपाध्यक्ष डा. कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा…
पुरा पढौ
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
पोखरा । नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर,…
पुरा पढौ
बिटिको रक्तदानमा १ सय ४ युनिट रगत संकलन
पोखर । पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका…
पुरा पढौ
हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर
पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने…
पुरा पढौ
सयपत्रीको रक्तदान कार्यक्रममा ५५ युनिट संकलन
पोखरा । 'रक्तदान जिवन दान,जिवन दान महादन' भन्ने मुल नाराका साथ सयपत्री बचत तथा ऋण सहकारी संस्था पोखरा ११ रानीपौवाले आफ्नो १५ औं स्थापना दिवस तथा ११ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक जनाद्र्धन बाँस्तोलाले बताए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले प्रतिकुल समयमा पनि सहकारीले नियमित रक्तदान कार्यक्रम गरेर सामाजिक कार्यमा अग्रसर भएकोमा खुसी व्यक्त गरे । प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दे…
पुरा पढौ
सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
पोखरा ।पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग रहने बरालले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको…
पुरा पढौ
आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ : स्थायी कमिटी सदस्य अधिकारी
पोखरा ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो । ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उहाँले भन्नुभयो…
पुरा पढौ
दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु
पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेडिकल कलेजलाई सेवा सूचीकृत गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अस्पतालमा उद्घाटन गर्दै स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा दिने सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिनुपर्ने बताए । उनले बिमाबाट प्राप्त हुने सुविधालाई नागरिकले सरल र सहज रुपमा प्रयोग गरी गुणस्तरीय सेवा पाउनुपर्ने समेत बताए । प्रदेशका…
पुरा पढौ