घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी
प्रगतिवादी साहित्यकार घनश्याम ढकालका विविध सिर्जनात्मक आयामबारे पोखरामा शनिबार (फागुन ६ गते) विचार गोष्ठी सम्पन्न भएको छ। गण्डकी साहित्य सङ्गम, पोखरा र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरी, समालोचक डा. कृष्णराज अधिकारी, कवि कल्पना चिलुवालले घनश्याम ढकालको संस्कृति-चिन्तन, सौन्दर्य चिन्तन, आख्यान लेखन र जीवनी-व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। समालोचक चापागाईंले ढकालका फुटकर निबन्ध, लेख र अन्तर्वार्ताहरूमा व्यक्त उहाँको संस्कृति-चिन्तनको सान्दर्भिकताबारे चर्चा गर्नुभयो। डा. गिरीले मार्क्सवादी सौन्दर्य…
पुरा पढौ
सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीलाई
आज भएको सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीले जितेका छन् भने महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाइले हालिल गरेकी छन् । पोखरामा आज सम्पन्न म्याराथन(४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उक्त उपाधि हासिल गरेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यसैगरी केन्याकै धावक जुलियस मोरियकीले…
पुरा पढौ
नेबिको मह बजारमा
नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो ।नेबिको प्रालिले बिस्कुट , कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ ।हालै नेबिको मह बजारमा लन्च गरेको छ ।एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा आएको हो ।करिब छपन्न वर्ष देखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखेर नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउदै छ । उपभोक्ता मुल्य एक केजीको ७५०, पाँच सय ग्रामको ,४०० दुई सय पचास…
पुरा पढौ
अनावश्यक खर्च घटाउन गण्डकीका मुख्यमन्त्रीकाे निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् । त्यसैगरि आर्थिक ऐन, नियम तथा…
पुरा पढौ
मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम
पोखरा, १२ माघ ।पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था=संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् । कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय…
पुरा पढौ
सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पाेखरामा भएकाे विमान दुर्घटनाको शोकमा भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकाे निर्णय सार्वजनिक गर्दै भाेलि २ गते शोक बिदा दिने निर्णय गरेको जानकारी दिए। बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले बताए।
पुरा पढौ
यति एयरलाइन्सको जहाज पाेखरामा दुर्घटना
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए। उक्त दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएर आगाे लागेकाे जहाजबाट केही जलेकाे शव बाहिर निकालिएको छ।
पुरा पढौ
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । अधिकारीले आज दिउसो ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यी गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन पाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज दिउसो मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएपछि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीपछि उनीहरुले पनि सपथ…
पुरा पढौ
राहदानी सेवा पूर्णरुपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै
काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरिक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा…
पुरा पढौ
आहा रारा गोल्डकपकाे विजेता संकटा क्लब
पाेखरा रंगशालामा शनिबार भएकाे २२ औं संस्करणको पोखरा आहा रारा गोल्डकपकाे फाइनल खेलमा अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लबलाई ३ -२ गाेलले हराउँदै संकटा युथ क्लबले ट्र्फी हात पारेकाे छ ।यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । खेलको पहिलो हाफमा संकटाले गोलको खाता खाेलेकाे थियाे । पहिलो हाफको ३४ औं मिनेटमा संकटाले फेरि दाेस्राे गाेल गर्याे । त्यसपछि भूटनिज यूथ स्पोर्टस क्लबले दुई गाेल गरेकाे थियोे । खेल निकै प्रतिस्पर्धामा चलिरहेको बेला थप…
पुरा पढौ