Author Archive

दाङबाट पोखरा भ्रमण आएको बस दुर्घटना

पोखरा । पोखरा महानगरपालिका २२ शान्तिस्तुपा नजिकै आज बस दुर्घटना हुदाँ २ जना घाईते भएको छ  । नव युवा क्लब दाङबाट भ्रमणका लागि पोखरा आएको रा १ ख २१०६ नं. मिनि बस पुम्दिकोटबाट छोरेपाटन तर्फ आउँ दै गर्दा दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमान पुग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए । जसमा ७ जना महिला र १७ जना पुरुष थिए । बस बाटोको छेउमा रहेको तिदुको बोटमा अड्किएको कारण ठुलो क्षेति हुन… पुरा पढौ

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।  डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेर उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।  यसअघि सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । उनी २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । पुरा पढौ

आमाको स्मृतिमा भोजन र अक्षयकोष स्थापना

पोखरा । अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गर्नुभएको छ ।  आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । अधिकारीले अक्षयकोषका लागी नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गर्नुभयो ।त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको वताउँदै, युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश… पुरा पढौ

वान डे क्रिकेटको उपाधि राइजिङलाई

पोखरा । पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय वान डे क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले उपाधी छ । आज पोखरा रंग शालामा भएको फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय… पुरा पढौ

तिहारमा स्वदेशी फूलको प्रयोग गर्न कृषि मन्त्री श्रेष्ठ आग्रह

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह… पुरा पढौ

साफ महिला फुटबल : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा 

साफ महिला फुटबलको आज अबेर सकिएको खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर नेपाल फाईनलमा प्रवेश गरेको छ ।  निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिए पछि खेल पेनाल्टीमा पुगेको थियो ।  प्रिती राईको पासमा गोल मेसिन साबित्रा भण्डारी 'साम्बा' ले गोल गरेर खेललाई बराबरी गरेकी थिईन ।  नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यो जित सङै नेपालले बङलादेश सङ उपाधीको लागि भिडने छ ।  दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका… पुरा पढौ

प्रदेश प्रमुखमुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण

पोखरा।गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले… पुरा पढौ

फेस्टिबल अन्तरगत ५ ए साईड फुटबलको सेमिफाइनल सम्मको समिकरण पुरा

पोखरा । पोखरामहानगरपालिका २५ हेम्जा अम्मटमा जारी प्रथम 'आर एस बिच एण्ड फिस फेस्टिबल २०८१' अन्तरगत '५ ए साईड' फुटबलको सेमिफाइनल सम्मका समिकरण पुरा भएको छ । आज (आइतबार) ५ ए साईड फुटबल प्रतियोगिताको सेमिफाइलका खेल सम्पन्न भएको थियो । आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा चरि सुसान एफसी र दोस्रो सेमिफाइनल खेलमा आयोजक आर एफसी विजयी भएको छ । चरि सुसानले बिल्डिङ एफसीलाई ५–२ गोल अन्तरले र आयोजक आर एफसीले हेम्जा २५ लाई ५–२ गोल अन्तरले पराजित गर्दे फाइनलको… पुरा पढौ

वान डे क्रिकेट उपाधिको लागि पोखरा र राईजिङ भिड्ने

पोखरा । पोखरामा जारी वान डे क्रिकेट प्रतियोगिताको भोलि (सोमबार) पोखरा क्रिकेट क्लब र राईजिङ क्रिकेट क्लब बिच उपाधिको लागि भिड्न्त हुने भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योतीलाई ७० रनले हराउँदै फाईनलमा प्रवेश गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।ओपनर कल्याण कुमाल… पुरा पढौ

वान डे क्रिकेट : राइजिङ फाइनलमा

पोखरा । राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय वान डे क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै विमल… पुरा पढौ