Author Archive

पोखरा १३ को घुम्ती सेवा

पोखरा । पोखरा महानगरपालिका १३ ले घुम्ती सेवा प्रवाह सुरु गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरुलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएका छन् । पोखरा १३ को गतिविधिले त्यस ठाउँको स्थानीयलाई सरकार घरमा नै आएको… पुरा पढौ

लामाचौर कप: महिलातर्फ न्यु डायमण्ड शीर्षस्थानमा

पोखरा । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल मैदानमा जारी लिगको अन्तिम खेलमा एपिएफलाई सोझो सेटमा हराउँदै शीर्षस्थान हासिल गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो… पुरा पढौ

लामाचौर तीज महोत्सव सुरु

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा… पुरा पढौ

लामाचौर कप : महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

पोखरा । पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ  । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण… पुरा पढौ

युनाइटेडको अध्यक्षमा:थापा

पोखरा । युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको बरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम… पुरा पढौ

लामाचौर कप भलिबल प्रतियोगिता सुरु ( तस्विर सहित)

पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो ।  प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो ।   महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी… पुरा पढौ

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा 

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका छौं ।… पुरा पढौ

लामाचौर भलिबल भोलिदेखि

पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे… पुरा पढौ

रोट्रयाक्ट प्रेसिडेन्ट नाइट पोखरामा सम्पन्न

पोखरा । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ ,न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही ,पशुपति काठमाडौं , हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह –आतिथ्यतामा कार्यक्रम भएको हो । रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिष्ट्रक ३२९२ का… पुरा पढौ

युनाइटेडको होम ग्राउण्डमा लिभरपुलको शानदार जित

इङ्लिस प्रिमियर लिग (इपिएल) मा  लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ। लगातार तेस्रो खेला जित निकाल्ने क्रममा लिभरपुलले आइतवार युनाइटेडलाई‌ ३–० ले हरायो। युनाइटेडलाई उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे। डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलमा नियन्त्रण बनाएको लिभरपुलका लागि सलाहले ५६औं मिनेटमा गोल थपे। लिभरपुल ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। युनाइटेड ३ अंकका… पुरा पढौ