नयाँलिपिः धादिङ् गंगाजमुना गाउँपालिकाकी अञ्जु परियार ९ दिनदेखि सम्पर्कविहीन भएकी छिन् ।
३३ वर्षीया परियार हाल बस्दै आएको पोखरा पस्र्याङबाट सम्पर्कविहीन भएकी हुन् । फागुन २० गतेदेखि आफन्तजन कसैसँग सम्पर्कमा नआएको भन्दै उनको परिवारजनमार्फत खोजीको अपील गरिएको छ ।
परियारको हुलिया सार्वजनिक गर्दे जिल्ला प्रहरी कार्यालय, कास्कीले भेटिएको खण्डमा खबर गरिदिन आग्रह गरेको छ ।
