नयाँलिपिः आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुन पृथ्वीनारायण क्याम्पस, पोखरामा १२ विद्यार्थी संगठनले आज निर्वाचन अधिकृतसमक्ष दर्ता गरेका छन् ।
निर्वाचनमा सहभागी हुनेमध्ये नेकपा माओवादी केन्द्रबाट २ समूह रहेको छ । अखिल (क्रान्तिकारी)को नाममा माओवादीबाट अर्काे समूहले पनि दर्ता गरेको हो ।
प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । वि. सं. २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो ।
त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला नौ वटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन ।
स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।
हाल क्याम्पसमा १२ हजार ३४७ विद्यार्थी रहेका छन् ।
निर्वाचनमा सहभागी हुन दर्ता भएका संगठनको नामावलीः







