भूपी पढेर क्रान्तिकारी भएः सञ्चारमन्त्री गुरुङ

santan ads

नयाँलिपिः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आफु कम्युनिष्ट र क्रान्तिकारी हुन भूपी शेरचनको कृतिको प्रभाव रहेको बताएका छन् ।

‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरु भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह पढेर क्रान्तिकारी बनेको रहस्योद्घाटन गरेका हुन् ।

‘एउटा पुरस्कार जितेको पुस्तक थियो, भूपीको घुम्ने मेचमाथि अन्धो मान्छे’ गुरुङले औंला ठड्याउँदै भने ‘साँच्चै नै मलाई क्रान्तिकारी बनाएको त्यही किताबले हो ।’

उनले साहित्य समयको आवाजसँगै परिवर्तनको सम्वाहक भएको बताउँदै साहित्य महोत्सवलाई सफलताको शुभकामना व्यक्त गरे ।

चार दिनसम्म महोत्सवमा नेपाल तथा अन्य मुलुकका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

Scroll to Top