बोलेरो जीपमा लागुऔषध ओसापसार, ३ पक्राउ

santan ads

नयाँलिपिः पोखरा महानगरपालिकाबाट लागू औषधसहित ३ व्यक्ति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १४ खाल्टे मसिनास्थित फागुन ८ गते लागू औषध ओसारपसार गर्ने बोलेरो जिपसहित लागूऔषध र ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेकाे हाे ।

उनीहरुलाइ पोखरा १४ स्थित मंगलम कृषी फर्म प्रालिको कम्पाउण्ड भित्र पार्किङ गर्दै गरेको अवस्थामा उक्त लु २ च १५०९ नं. को बोलेरो जिप फेला पारी चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

लागू औषध डाईजेपाम-२६४ एम्पुल, बुर्फिननुर्फिन-२६३ एम्पुल र फेनारगन-२६५ एम्पुल गरी जम्मा ७९२ एम्पुल लागू औषध र मोबाईल-५ थान बरामद भएको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दनका ३७ वर्षिय चालक राजेश सैथवार, सोही जिपमा सवार नवलपरासी रामग्रामका २८ वर्षिय संसद अन्सारी र नवलपरासी सरावलका २४ वर्षिय प्रेम सागर यादव रहेका छन् ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

Scroll to Top