अन्तर्राष्ट्रिय महिला फुटबलः किर्गिस्तानसँग खेल्दै नेपाल

santan ads

नयाँलिपिः आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलको दोस्रे खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि उदघाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ ।

खेलका लागि नेपाल बाहिर रहेका महिला फुटबल खेलाडी एन्जिला र रेखा स्वदेश फर्किसकेका छन् । प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा हुने एन्फाले जनाएको छ । खेल तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

नेपालका सबै खेलहरु दशरथ रंगशालामा साँझ साढे पाँच बजे शुरु हुनेछ ।

लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ । प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

Scroll to Top