इंग्लिस प्रिमियर लिग : वेष्टहमका आरोनको आत्माघाती गोलले चेल्सी विजयी

santan ads

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वेष्टहमका आरोन वान विसाकाले आत्मघाती गोल गर्दा चेल्सी विजयी भएको छ । चेल्सीले वेष्टहम युनाइटेड विरुद्ध २–१ गोल अन्तरले जित निकालेको हो ।

चेल्सीको होम ग्राउण्डमा भएको खेलमा जारोर्ड बोवेनले ४२औं मिनेटमा गोल गर्द वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले दोस्रो हाफमा बराबरी गोल फर्काए। खेलको ६४औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा वेष्टहमका आरोन वान विसाकाले खेलको ७४ औं मिनेटमा आत्मघाती गोल गर्दा १ गोलले पछि पर्दा वेष्टहम पराजयको शिकार बन्न पुग्यो । यता सोही गोलले चेल्सी भने ३ अंक जोड्न सफल भयो ।

आजको खेल संगै २४ खेलबाट ४३ अंक जोडेको चेल्सी चौथो र वेष्टहम २४ खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।

Scroll to Top