इङ्लिस प्रिमियर लिग :चेल्सी विजयी

इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । गए राति भएको खेलमा चेल्सीले टोटेनहामलाई १–० ले पराजित गरेको हो ।

खेलको ५०औँ मिनेटमा चेल्सीका एन्जो फर्नान्डेजले गरेको गोल नै निर्णायक बन्दा चेल्सी विजयी भएको हो ।

यो जितसँगै चेल्सी ५२ अंकसहित अंकतालिकाको चौथो स्थानमा पुगेको छ । पाँचौँ स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ ।

शीर्ष स्थानमा भने लिभरपुल यथावत छ । त्यस्तै दोस्रो स्थानमा आर्सनल छ भने तेस्रो स्थानमा नटिङ्घम फरेस्ट रहेको छ ।

Scroll to Top