गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदा निर्णय

santan ads

नयाँलिपिः गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

आज मन्त्रीपरिषद्को बिहान बसेको बैठकले निर्णय गरेपछि कार्यालयले सूचना जारी गर्दै प्रदेशभर बिदा दिने निर्णय गरेको छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।

Scroll to Top