मेट्रोपोलिटन एकेडेमीले सहिद दिवस मनायो

santan ads

पोखरा । पोखराको रामघाटमा रहेको मेट्रोपोलिटन एकेडेमीले बिबिध कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाएको छ। कार्यक्रममा बिद्यार्थीहरुले सहिद बारे जानकारी दिएको थियो । सहिद दिवसको महत्त्व र सार्थकता,सहिदको सपना ४ सहिदको जीवनी साथै कवि भुपी शेरचनको सहिदको सम्झनामा कविता वाचन गरेका थिए।

विद्यालयका प्राचार्य गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय संस्थापक अनिता तिमिल्सिना, विद्यालय निरिक्षक इन्द्रराज बराल,कर्मचारी विद्यार्थी लगायतले सहिदको तस्बिरमा माल्यार्पण गरि १ मिनेट मौन धारण गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रम सञ्चालन कक्षा ९ कि छात्रा कृतिका तिमिल्सिना, सहिद दिवसको महत्त्व र सान्दर्भिकता सोफिया गुरुङ कक्षा ९, सहिदको जीवनी संजल पौडेल, सनिज बस्यौला,अश्विन पौडेल र बिजय पौडेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्राचार्य सुवेदीले विद्यार्थीलाई आफ्नो मेहनत साथ अध्ययन गर्ने कर्तब्य पूरा गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको कर्तव्यमा कहिल्यै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

पोखराको रामघाटमा अवस्थित विद्यालयले विद्यार्थीको सर्वाङ्गीग बिकासकालागि गुणस्तरीय शिक्षाको साथै विभिन्न विद्यार्थी केन्द्रित क्रियाकलाप गर्दै आईरहेको विद्यालयले जनाएको छ।

Scroll to Top