यूईएफए युरोपा लिग : म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । यूईएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

नेपाली समयअनुसार आज (शुक्रबार) बिहान भएको खेलमा युनाइटेडले स्कटिस क्बल रेन्जर्सलाई २–१ गोलअन्तरको पराजित गरेको हो  

ओल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।

ज्याक बटल्यान्डबाट आत्मघाती गोल हुन पुग्दा ५२औं मिनेटमा युनाइटेडले अग्रता लिएको थियो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा सिरिएल डेसार्सले रेन्जर्सका लागि बराबरी गोल फर्काए ।

जितसँगै सात खेलमा १५ अंक जोडेको युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित रेन्जर्स समान खेलबाट ११ अंकका साथ १३औं स्थानमा छ ।

Scroll to Top