अन्ततः रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अन्ततः ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको चस्मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगेको थियो।

पोखराको सुर्यदर्शन सहकारीको बचत रकम गैरकानुनी हिसाबले गोर्खा मिडियामा आएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

 

Scroll to Top