नयाँलिपिः एभिन्यूज टिभीको दाबीलाई मान्ने हो भने सरकारले सीके राउत र बालेन्द्र साह (बालेन)लाई पक्राउ गर्ने योजनामा छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले टेलिभिजन सम्वादमा उक्त कुरा गरेको एभिन्यूजको दाबी छ । एभिन्यूजमा कुरा गर्दै अध्यक्ष राउतले रबि लामिछानेलाई समर्थन गर्दा आफूमाथि राज्यले आतंक मच्याएको आरोप लगाएका छन् ।
राउतले रबिलाई आफूले समर्थन गर्दा सरकारले प्रतिशोध साँधेको दाबी गरे । उनले आफूबिरुद्ध राज्यले जासुस खटाएर निगरानी गरेको पनि राउतको आरोप छ ।
एक प्रश्नको उत्तरमा राउतले रबि पछि सरकारले आफूलाई पक्राउ गर्न खोजेको र काठमाडौ महानगरका मेयर बालेन साह पनि पक्राउ पर्ने दाबी गरे ।
सरकारले आफ्ना बिरोधी जो कोहीलाई पनि छानी छानी कारवाही गर्न खोजेको राउतको भनाई छ । राउतसँगको बिस्तृत कुराकानी आज सोमबार राती ९ बजे एभिन्यूज टेलिभिजनमा हेर्न सकिनेछ ।