नयाँलिपिः नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिबेला पोखरामा छन् । उनले आज पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्तालाई समन्वय, सहकार्य र एकताविषयक अभिमुखिकरण गरे ।
झट्ट हेर्दा पार्टीको कार्यक्रम लिएर पोखरा आएपनि उनको अर्काे उद्देश्य रास्वपाका रवि लामिछानेसम्बन्धित सहकारी मुद्दालाई प्रभावित पार्ने भएको रास्वपा समर्थकले बताएका छन् । उनीहरुका अनुसार महामन्त्री थापा पोखरामा गोप्यरुपमा कास्कीका कानून व्यवसायी र सरकारी वकिलहरुसँग भेट्ने योजना रहेको छ ।
यतिबेला थापा पार्टीको प्रदेश कार्यालयमा रहेका छन् । लेकसाइडस्थित बरपिपल रिसोर्टमा थापालाई कोठा बुक गरिएको छ । थापाकै विभिन्न अभिव्यक्तिबाट सशंकिरत रास्वपा समर्थक, शुभचिन्तकहरुले नयाँलिपिसँग कुरा गर्दै थापाले कार्यकर्ता भेट्ने प्रचार गरेपनि उनको भित्री उद्देश्य आइतबारबाट सुरु हुने सरकारी वकिलसँग छलफल गर्ने रहेको छ ।
‘रास्वपा कास्कीका एक शुभेच्छुक भन्छन् ‘न्यायालय प्रभावित पार्ने र रविको मुद्दा प्रभावित पार्न उनी कार्यक्रमको बहानामा पोखरा आएका हुन् ।’
दुइ दिन अगाडी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया पोखरा आएर फर्किएसॅगै थापाको पोखरा भ्रमणमाथि रास्वपा वृत्त सशंकित भएको छ ।