मोरङ । मोरङमा एक बालकको डुबेर मृत्यु भएको छ । रंगेली नगरपालिका ८ दर्वेशा टोल बस्ने विकाश चुरैटेका छोरा करिब १ वर्षीय समर चुरैटेको आफ्नै घर आँगनमा रहेको पानी जमेको खाल्डोमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।