बिहीबार रविपक्षधरका वकिलको बहस, त्यसपछि सरकारको पालो

santan ads

नयाँलिपिः सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको दोस्रो दिनको थुनछेक बहस सकिएको छ । सूर्यदर्शन सहकारीको बचत अपचलनको मुद्दा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो ।

सरकारी वकिलकातर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । यसअघि मंगलबार सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको छ ।

भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने र जाहेरवालाको बहसपछि प्रतिवादीकोतर्फबाट बहस हुनेछ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

Scroll to Top