बेनी नगरपालिकाले विद्यार्थी लक्षित बस चलाउने

santan ads

म्याग्दीः म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक बस सञ्चालन गर्ने भएको छ ।

७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने योजना बनाइएको बताएका छन् ।

उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेकाले विद्यालयमा विद्यार्थी बढाउने मात्रै नभएर कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको हितका लागि पनि बस सञ्चालनको योजना बनाएको उल्लेख गरे । अर्थ मन्त्रालयसँग आवश्यक परामर्श गरी बस सञ्चालनको योजना लिएको उनको भनाई छ।

नगरपालिका भित्र सडक सञ्जाल पुगेका क्षेत्रसम्म सामुदायिक बस सञ्चालन गर्ने र त्यो बसमा सामुदायिक विद्यालय पढ्ने जुनसुकै विद्यालयका विद्यार्थीले पनि सेवा लिन पाउने छन् ।

Scroll to Top