लामिछानेलाई म्याद थप्न अदालत पेश गरिने

नयाँलिपिः कास्की प्रहरीले रास्वपाको सभापति रवि लामिछानेलाई आवश्यक अनुसन्धान पुरा नभएको भन्दै म्याद थप्न आज कास्की जिल्ला अदालत लाने भएको छ ।

यसअघि थपिएको म्याद सकिएपछि आज लामिछानेसँगै अन्य पाँच जनालाई पनि अदालत पेश गरिने जिल्ला प्रहरी कास्कीले बताएको छ । लामिछानेलाई कास्की प्रहरीले थप्ने म्याद अन्तिम हुने छ ।

यद्यपि, अदालतको निर्णय जस्तोसुकै आएपनि लामिछानेको हिरासत बसाई तत्काल टुंगिनेछैन ।

कास्की अन्यत्र पनि लामिछानेउपर सहकारी ठगीलगायतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको छ ।

Scroll to Top