नयाँलिपिः नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता तेजुलाल चौधरीले देशका सातवटै प्रदेशमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताएको छन् ।
साना साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रमहरू अघि सारिएको बताउँदै उनले त्यसबाट अधिकतम युवाहरू लाभान्वित हुनसक्ने विश्वास व्यक्त गरे । नेपाल स्काउट मार्फत् प्रत्येक पालिकामा पुग्ने उल्लेख गर्दै उनले उक्त कार्यक्रममा तालिमका माध्यमबाट युवाहरूको क्षमता अभिबृद्धि हुने धारणा राखे ।
पोखरामा खेलप्रेमीहरूको राम्रो उत्साह देखिएको बताउँदै मन्त्री चौधरीले यहाँको पूर्वाधार विकास लगायतमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको बताउँदै उनले एकतावद्ध रुपमा पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिए ।
निर्वाचनमा जसले टिकट पाए पनि उसलाई सबै मिलेर सहयोग गर्ने वातावरण तयार गर्नुपर्ने उनले बताए । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको छ ।