वान डे क्रिकेट : राइजिङ फाइनलमा

-


     नयाँ लिपि    
     कार्तिक १० गते २०८१ मा प्रकाशित


पोखरा । राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय वान डे क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो ।

राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै विमल विक्रम खत्रीले ४५ रनको योगदान दिदैँ आउछ भए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

नविन पोखरेल र कृष्ण पौडेलले १/१ रन जोडे भने निर्मल पिसी क्षेत्री, अस्विन अधिकारी, विशाल रिमाल, लोकेन्द्र गहतराज शुन्यमै आउट भए । समिर भुजेल शुन्यमा नटआउट रहे ।

कास्कीका लागि अदित्य थापाले ७ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने विश्वास पराजुली र नितेश गिरिले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर व्याटिक थालेको कास्कीका लागि राइजिङका अन्जन केसी निकै भारी परे । उनी एक्लैले ६ विकेट लिदाँ कास्की समस्यामा परेको थियो । कास्की ३०.१ ओभरमा १०२ रनमा अलआउट हुन पुगेको थियो । कास्कीका लागि ओपनर सचित कार्कीले ११ रन जोडे ।

सफल श्रेष्ठले ७८ बलमा ५ चौकाको मद्धतमा ३४ रनको योगदान दिए । अदित्य थापाले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे । आयुष संैन्जु ३, विश्वास पराजुली २, सुप्रल श्रेष्ठ १, अनुप पौडेल १ र सचिन यादव, नितेश गिरि, राजन बस्ने शुन्यमै पेभिलियन फर्र्किए ।

राइजिङका लागि अन्जन केसीले ८.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए । जारी प्रतियोगितामा कुनै बलरले सर्वाधिक विकेट लिएको यो पहिलो पटक हो । यस्तै समिर भुजेलले ९ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ । भोलि पोखरा क्रिकेट क्लब र अरण्यज्योती क्रिकेट क्लब बिच खेल रहेको छ ।