साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा ४ गोलको अग्रता कायम गरेको छ ।
दशरथ रङ्गशालामा जारी साफ महिला फुटबलमा आज (बिहिबार) भएको खेलमा नेपालले श्रीलंकालाई दबाबमा राख्दै खेलको पहिलो हाफमै ४ गोल गरेको हो।
नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा आठौ मिनेटमा सबिता राना मगरले गोल गर्दे अग्रता बनाएको थियो।
साबित्रा भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गरिन। खेलको १३ औ र ३६ औ मिनेटमा रेखा पौडेलले गोल गर्दे नेपाललाई पहिलो हाफमा ४ गोलको अग्रता दिलाईन ।
नेपालले पहिलो खेलमा भुटान संंग गोल रहित बराबरीमा खेलेको थियो । दोस्रो खेलमा माल्दिभसलाई ११–० ले पराजित गरेको थियो ।
माल्दिभस संगको खेलमा पनि नेपालले पहिलो हाफमा ४ गोल नै गरेको थियो । दुई खेलमा नेपालको गोल मेसिनले मानिने सावित्रा भण्डारी मैदानमा उर्तिएका थिएनन । आज भने उनलाई प्लेइिङ सेटमा नै राखिएकोले खेलको रौनक बढेको देखिन्छ ।तस्विर :एन्फा