लागू औषध सहित एक जना पक्राउ

-


     नयाँ लिपि    
     असाेज २९ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा प्रतिबन्धित लागूपदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका–१३, मियापाटनबाट लागु औषध ओसारपोसार भईरहेको छ भन्ने सुचनाका आधारमा चेकजाँच गर्दा ३७ वर्षिया अक्रम मियाँ पक्राउ परेको कास्की जिल्ला प्रहरीले जनाएको हो।

प्रहरीले चेकजाँच गर्दा मियाँको साथबाट Nitrazepam Tablets Ip 10mg NITRAVET लेखिएको लागूऔषध १५० चक्की, विभिन्न कम्पनिका मोवाईल ४ थान, नगद ३६ हजार र विभिन्न बैंकका चेक सहित फेला परेको प्रहरीले बताएको छ ।

मियाले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा निजको साथबाट प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहितको सामग्री बरामद गरेको हो ।

उनलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतको स्वीकृत अनुमतिले अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।