प्रशिक्षार्थीलाई बक्सिङ सामाग्री वितरण

-


     नयाँ लिपि    
     असाेज २१ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीहरुलाई बक्सिङ सामाग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका ३ को वडा कार्यालयमा संघले सोमबार एक कार्यक्रमको आयोजना गरि स्कुलमा अध्यनरत प्रशिक्षणमा भाग लिएका स- साना नानी बाबुहरुलाई खेल सामाग्री वितरण गरेको हो ।

संघले सञ्चालन गरेको आधारभुत बक्सिङ प्रशिक्षणमा सहभागि पोखराका विभिन्न विद्यालयका ५२ जना प्रशिक्षार्थीहरुलाई ४५ हजार बराबरको खेल सामाग्री वितरण गरेको थियो ।

उक्त खेल सामाग्री पोखराको नयाँ बजारस्थित भि.ए.डब्लयू. का प्रवन्ध निर्देशक सरोज श्रेष्ठले प्रायोजन गरेको संघका सचिव बुद्ध गुभाजुले बताए ।

कार्यक्रममा बोल्दै पोखरा– ३ का वडाध्यक्ष प्रकाशमान उदासले खेलकुद विकासका हाम्रो वडा सधै सकारत्मक भएको हुनाले खेलकुदको लागि आफ्नो वडामा आएको रकम बाहेकको शिर्षक बाट पनि तानतुन गरेर मिल्ने सम्म खेल विकासमा सहयोग गर्ने प्रतिबद्द्ता व्यक्त गरेका छ्न ।

कार्यक्रममा नेपाल बक्सिङ संघ गण्डकी प्रदेशका अध्यक्ष विद्याप्रसाद मर्सानी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवहाक अध्यक्ष सुरज श्रेष्ठ , भि.ए.डब्लयू.इन्टरप्राइजेजका प्रवन्ध निर्देशक सरोज श्रेष्ठ ,नेपाल क्यूकोसिन कराँते संघ कास्कीका पूर्व अध्यक्ष ज्ञानेन्द्र माकाजु, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठ ,बालमन्दिर मा.वि.नदिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त कतिला लगायतले नेपालीहरुको महान् चाड बडादशैं, तिहार, नेपाल संम्वत तथा छठ पर्वको अवसरमा शुभकामना सहित मन्तव्य राखेका थिए ।

संघका उपाध्यक्ष दीलिप श्रेष्ठ ‘दोषी’को सभापतित्वमा सम्पन्न भएको सोही कार्यक्रममा प्रकाशमान उदासले संघलााई बक्सिङ ग्लोभ्स् र प्याड प्रदान गरेको कार्यक्रम संचालक एंव संघका सचिव बुद्ध गुभाजुले बताए ।