रामभक्तको ‘सिसा रहेछ’ विमोचन

-


     नयाँ लिपि    
     असाेज १३ गते २०८१ मा प्रकाशित


पोखरा । रामभक्त जेजिजुले सिसा रहेछ गीतको म्युजिक भिडियो विमोचन गरेको छ ।

पोखरामा बसेर गीत संगीतमा योगदान दिई रहेको रामभक्त जोजिजुले थुप्रै लोकप्रिय गीतहरु स्रोता माझ पस्किसकेका छन । उनै रामभक्तको स्वरमा रहेको सिसा रहेछ बोलको म्युजिक भिडियो शनिबार पोखरा थिएटरमा विमोचन गरेको हो ।


विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सरुभक्त श्रेष्ठले रामभक्त जोजिजू गायन क्षेत्रमा नेपालको नक्षत्र भएको र रामभक्तको २५ वर्ष देखिको निरन्तर मेहेनेत र परिश्रमको परिणाम भएको बताए ।

कार्यक्रममा कमल कोइराला,फिल्म निर्देशक घनश्याम लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

उक्त गीतका रचनाकार तेज श्रेष्ठ रहेको छ भने संगीत एंव स्वर रामभक्त जोजिजुको रहेको छ ।

कार्यक्रममा जे.ई म्युजिक एकेडेमी फूलबारीका विद्यार्थी संस्कार गौतमले सिसा रहेछ बोलको गीत र भुपाली राग , प्रेमराज पौडेलले उडेर जून , प्रज्ञान बरालले मायालाई ढाका पछ्यौरी,प्रसिद्धि भुर्तेलले सम्हालेर,निआ श्रेष्ठ साईरा गुरुङले हेर न हेर कान्छा र आरोही थापाले उकाली ओराली गीत प्रस्तुत गरेका थिए ।

जेई स्टुडियो एण्ड म्युजिक सप पोखराका प्रमुख एंव वरिष्ठ गायक रामभक्त जोजिजुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जे ई म्युजिकका कार्यकारी निर्देशक ईतु जोजिजूले धन्यवाद र कार्यक्रम सञ्चालन अनुज कुलुङ ले गरेका थिए ।