पोखरा भलिबल प्रशिक्षण  केन्द्रले असोज ९ देखि भलिबल प्रतियोगिता गर्ने

-


     नयाँ लिपि    
     असाेज २ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्रले असोज ९ गते देखि  क्लबस्तरिय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

पोखराको नदिपुरमा रहेको छ्न्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने आठौ संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने पुरुष टिमको विजेताले १ लाख ३० हजार, उपविजेता हुने टिमले ८० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयाेजक मनोज खड्काले बताए ।

“राष्ट्रीय खेलको विकास, स्वास्थ्यको लागि खेलकुद, नयाँ खेलाडीको प्रतिभालाई प्रष्फुटनको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजन हुन गईरहेको भलिबल प्रतियोगिता भदौ १३ गते सम्पन्न हुने आज (बुधबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सह-आयोजनामा हुने भलिबल प्रतियोगितामा महिलातर्फको विजेताले नगद ५० हजार  र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय र पुरुष तर्फ सहभागी हुने टिमलाई ६ हजार ५ सय दर्ता शुल्क रहेको आयोजकले बताए । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । 

उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए ।  

उनका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने छ ।

२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्य गर्दै आएको छ ।