१३ स्वर्ण सहित जुनिएर तेक्वान्दोमा सहिद स्मृति स्कूल विजयी

-


     नयाँ लिपि    
     भाद्र ३१ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा भदौ २८ गते देखि सुरु भएको ७ औं कास्की जिल्ला स्तरीय जूनियर तेक्वान्दो रनिङ सिल्ड प्रतियोगितामा १३ स्वर्ण सहित सहिद स्मृति स्कुल मझेरीपाटन विजयी भएको छ ।

प्रतियोगिता आईतबार राती सम्पन्न भएको थियो ।

उक्त्त प्रतियोगितामा पुम्से र गेरोगी गरेर ४५० जनाको सहभागिता रहेको प्रतियोगिता संयाेजक निशान कार्कीले बताए ।  

प्रतियोगितामा २० केजि तौल समुह पुरूष तर्फमा याप्सुलुटका सुप्रीम गुरुङ प्रथम, सहिद स्मृतिका सिम्मसन गुरूङ दोस्रो,पोखराका आरोन थापा र राईजिङ स्टारका अब्रीम बराल तृतिय भए ।

२० केजी महिला तर्फ याप्सुलुटकी अध्या श्री प्रथम,ईंप्याक्टकी श्रृंखला नेपाली दोस्रो,सहिद स्मृतिकी लक्ष्मी तामाङ र लक्ष्मी मा.वि की जानु तामाङ तृतीय भईन ।

त्यसैगरी २३ केजी पुरूष तर्फ सहिद स्मृतिका विवेक शाही प्रथम, याप्सुलुटका विराज भण्डारी दोस्रो,लक्ष्मी मा. का विनिश्चल ढकाल र बालप्रबातका बुद्दि लङ्का मगर तृतीय भए ।

महिला २३ केजी महिला तर्फ सहिद स्मृतिकी अनुष्का घर्ती मगर प्रथम,रिठेपानीकी संस्कृति लामिछाने दोस्रो,हिमालयन टाईगरकी एन्जल बुढामगर र यसोदाकी निश्मा गिरी तृतिय बनिन ।

३५ केजी महिला तर्फमा शुक्रराजकी रोजी महर्जन प्रथम, सहिद स्मृतिकी आश्रा पुन दोस्रो, राईजिङ स्टारकी दिया घर्ती मगर

र पिपुल टुगेदरकी सिलेष्टी अधिकारी तृतिय भईन ।

गरी ३८ केजी महिला तर्फ सहिद स्मृतिकी बिपसा कुमाल प्रथम, हिमालयन टाईगरकी मारियाम खातुन दोस्रो, कास्की मोर्नाईजकी दिव्यानी बन्जरा र पिपुल टुगेदरकी अन्तिमा केसी तृतिय भईन ।

५१ केजी पुरूष तर्फ सहिद स्मृतिका अजय जिसी प्रथम, याप्सुलुटका करुण खाँड दोस्रो, सैनिकका सुशान्त कुमार श्रेष्ठ र सगरमाथाका सचिन आले मगर तृतिय भए ।

पुरूष २६ केजी तर्फ सहिद स्मृतिका के.वि तामाङ प्रथम, दोस्रो हिमालयन टाईगरका सीभ्जन पुन दोस्रो भए ।

२६ किलो महिला तर्फ सहिद स्मृतिकी सञ्जु शाही प्रथम भईन ।

२९ केजी पुरूष तर्फ सहिद स्मृतीका जेनिस घर्ती प्रथम, याप्सुलुटका जेमेन गुरुङ दोस्रो, पिपुल टुगेदरका सुजित मानन्धर र यसोदाका सुबम लामिछाने तृतीय भए ।

२९ केजी महिला तर्फ हिमालयन टाईगरकी शृष्टी राई प्रथम, स्प्रीड्की जेसिका गुरुङ दोस्रो, स्मृतिकी अन्जु गुरुङ र ज्ञान कुन्जकी स्विकृति थारु तृतीय भईन ।

५३ किलो महिला तर्फ वल्ड मिसनकी पूजा जैसी प्रथम,लेकसाइडकी निकिता गुरुङ दोस्रो,लेखनाथकी विपना गुरुङ

र पोखराकी क्रिस्टिना डी.आर तृतीय भईन ।

एकल पुम्से महिला तर्फ याप्सुलुटकी प्रतीक्षा राना प्रथम, पोखराकी रक्षा पूर्जा दोस्रो, वल्ड मिसनकी एलिना गुरुङ र माछापुच्छ्रेकी कञ्चन गुरुङ तृतीय हुन सफल भएकी छिन ।

३० गते सम्पन्न भएको प्रतियगितामा ४९ केजी महिला तर्फ सहिद स्मृतिकी कुसुम विक, ४४ महिला तर्फ विपना घर्ती, ४१ तर्फ अञ्जना शाही,३८ केजी तर्फ बिपाशा कुमाल,३२ केजी तर्फ लक्ष्मी विक प्रथम भईन ।

४५ केजी पुरूष तर्फ सहिद स्मृतीका सुजन श्रेष्ठ,३८ किलो तर्फ अमृत प्रजा प्रथम,४१ किलो तर्फ मन्जित गुरूङ दोस्रो, ३२ केजी तर्फ आशिष गुरुङ दोस्रो,३५ किलो पुरूष तर्फ वीरेन्द्र कुँवर दोस्रो भएका थिए । ७ औ जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति स्कुलले १३ स्वर्ण ५ रजत र ३ कास्य सहित लगातार ३ पटक जित निकाल्दै रनिङ शिल्ड आफ्नो बनाएको छ । भदौ २८ गते माननीय सामाजिक विकास तथा युवा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त प्रतियोगिताको समापन कार्यक्रम भने व्यास्थित हुन नसकेको सहभागी स्कुलका केहिले बताए ।

विजेता सहिद स्मृति स्कुलकी प्रन्सिपल कल्पना चिलुवाल, खेलाडी र शिक्षकहरु