नेपाल प्रेसका पत्रकार विश्वमणि अफिसबाटै पक्राउ

पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन्। उनी नेपाल प्रेसमा आबद्ध छन्।

सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदीलाई सादा पोशाकमा आएका तीन प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको नेपाल प्रेसले बताएको छ।

नेपाल प्रेसका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएको थिएन। उनीहरूले अपराध अनुसन्धानबाट आएको र प्रहरी महानिरीक्षकको आदेश रहेको बताएका थिए।

नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्न साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले सुवेदीलाई पक्राउ गरेको समाचार संस्थाले जानकारी दिएको छ।

Scroll to Top