tree plantation

स्व.दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण

पोखरा । स्वर्गीय दीपक गुरुङको स्मृतिमा शुक्रबार पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ ।
कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा अध्यक्ष कुमार गुरुङले वातावरण संरक्षण र प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वृक्षारोपण आवश्यक रहेको बताए ।

खेलकुद विकास कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व माननीय सरस्वती गुरुङले प्रवासी नेपालीले मातृभूमिमा पुर्‍याउँदै आएको सामाजिक, सांस्कृतिक तथा धार्मिक योगदानको प्रशंसा गरिन ।

कार्यक्रममा ध्रुव गुरुङ, विनोद गुरुङ, रूपा गुरुङ, युवा नेता विक्की गुरुङ र फोटो पत्रकार सुदर्शन रञ्जितलगायतको उपस्थिति थियो ।

Scroll to Top