गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।
सभापतिको निवास बुढानीलकण्ठ उनी पुगेर भेटवार्ता जारी रहेको बताइएको छ । गृहमन्त्रीका एक सचिवालय सदस्यका अनुसार समसामयिक राजनीतिक विषयमा दुई नेताहरुबीच कुराकानी हुन लागेको हो ।
सचिवालयले यस्तो दाबी गरे पनि पछिल्लो समय पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउको विषयमा रवि लामिछाने असन्तुष्ट थिए ।
त्यसै सन्दर्भमा कुराकानी गर्न र पछिल्लो समय देखिएका गतिविधिको विषयमा छलफल गर्न गुरुङलाई भेट्न बोलाइएको जानकारी छ ।
गृहमन्त्रीबारे तीव्र असन्तुष्ट पैदा भएपछि नेताहरूले रविलाई गृहमन्त्री भेटेर सम्झाउन आग्रह गरेका हुन् थिए । त्यसैको सिलसिला स्वरूप गृहमन्त्रीलाई सभापतिले भेटेको जानकारी प्राप्त भएको छ ।







