तमु धिंमा एक महिने छ्याँडु नृत्य प्रशिक्षण सुरु हुदै

-


     नयाँ लिपि    
     भाद्र ३ गते २०८१ मा प्रकाशित


पोखरा । तमु समुदायको संस्कारसँग सम्बन्धित मौलिक लोपोन्मुख साँस्कृतिक नृत्य छ्याँडुको एक महिने प्रशिक्षण आजबाट पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सुरु हुदैछ ।

युवा पुस्तामा सँस्कृती हस्तान्तरण गर्ने उद्देश्यले तमु धिं नेपाल केन्द्रिय युवा समितिको आयोजना, गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोग र तमु धिं नेपालको समन्वयमा हुने युवा समितिका अध्यक्ष रमेश गुरुङले बताए ।

छ्याँडुको संरक्षण, बिकाश र युवा पुस्तालाई साँस्कृतिक सम्पदा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित निशुल्क प्रशिक्षण ब्यवस्थित गर्न समिति गठन गरेको छ । जसमा सचिव राम प्रसाद गुरुङ संयोजक, बिराज गुरुङ, बिकाश गुरुङ र अरुण गुरुङ सह-संयोजक रहेको अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।

एक महिने प्रशिक्षणमा सहभागीता लागि ५२ जना तमु युवाहरुले नाम दर्ता गराईसकेको प्रशिक्षण संयोजक गुरुङले बताए ।

छ्याँडु नृत्यको संरक्षण, बिकाश, पर्यटन प्रवर्द्धनमासघाउ पुर्याउने, युवा पुस्तामा संस्कृति हस्तान्तरण सगै ब्यवसायिकता तर्फ छ्याँडु मार्फत तमु युवालाई अग्रसर गराउने, युवा समितिकै छ्याँडु समूह गठन गर्ने, युवा प्रशिक्षकहरु उत्पादन गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा तमु साँस्कृतिक संरक्षण समिति मोहिरियाका गुरुहरुले प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

कोषाध्यक्ष लक्ष्मी गुरुङले उक्त एक महिने प्रशिक्षण सफल बनाउन सबैलाई आर्थिक सहयोगको लागि अनुरोध गरेकी छिन ।

प्रशिक्षणका लागि आवश्यक त्हुदु र छ्योले तमु समाजहरुवाट सहयोग रहेको सल्लाहकार बिग्नेश गुरुङले बताए ।

प्रशिक्षण दिउँसाे ३ बजेदेखी ५ बजेसम्म हुने जानकारी गराउदै तमु युवाहरुलाई सहभागिताको लागि सह-संयोजक बिराज गुरुङ आग्रह गरेका छन ।