बाढी प्रभावितलाई एलजीको १ लाख ११ हजार सहयोग

बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि एलजी एशोसियशनले रु. १ लाख ११ हजार १११ सहयोग गरेको छ।

क्लबका तर्फबाट प्रदान गरिएको सहयोग रकमको चेक पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष बस्तोलालाई हस्तान्तरण गरिएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था गरिएको क्लबले जनाएको छ।

विपद्को दुःखद् घडीमा पीडित परिवारको साथमा उभिँदै राहतमा योगदान गर्न पाएकोमा क्लबले गौरव महसुस गरेको जनाएको छ।

मानवीय सहयोगका लागि समन्वय तथा साथ दिने सम्पूर्ण महानुभावप्रति क्लबले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

Scroll to Top