कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला किनारका बस्तीमा जोखिम बढेको छ ।
किम्रुङ भन्ने ठाउँमा पहिरो खस्दा खोला थुनिएर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार वडा नं ८ स्याउली बजारमा रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ । ‘मानवीय क्षति भने भएको छैन, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचीत गरेका छौँ’, उनले भने ।
खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाढीको घटनाबारे विवरण लिने काम भइरहेको बताएका छन् । स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनार्इ छ ।







