पोखरामा आयोजित रात्रीकालीन सडक दौड प्रतियोगितामा आयोजकले घाटा व्यहोरेको बताएको छ । २०८२/८३ को आयव्यय सार्वजनिक गरिएको छ ।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट ५७ हजार ८५० रुपैयाँ घाटा लागेको आयोजकले जनाएको हो ।
आयोजकका अनुसार प्रतियोगिताबाट ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएपनि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएपछि घाटा भएको हो ।
आइतबार प्रेस विज्ञप्तिमार्फत आयव्यय सार्वजनिक गर्दै संयोजक बरालले केही संघसंस्था तथा सहयोगी निकायले प्रतिबद्धता जनाएको रकम समयमै प्राप्त हुन नसक्दा पहिलो संस्करणमै संस्थाले घाटा व्यहोर्नुपरेको बताए ।







