पोखराको लेकसाइडमा आगलागी, करिब डेढ करोड क्षति (तस्विर सहित)

-


     नयाँ लिपि    
     श्रावण १६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको लेकसाइडको मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ । आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । नारेश्वर चोकस्थित उक्त पसलमा विद्युत लाईन सर्ट भई आगो लागेको हुनसक्ने बताइएको छ ।

स्याङ्जा आँधीखोला ४ स्थायी घर भएका सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त सपिङ सेन्टर संचालन गर्दै आएका थिए ।

बुधबार बिहान करिब २ बजेर १५ मिनेटमा आगलागी भएकोमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा ३ बजेर ५ मिनेटमा आगो नियन्त्रणमा आएको थियो । तर, आगलागीले सपिङ सेन्टरको वाइन सप, ग्रोसरी सप र कस्मेटिक सप पूर्णरुपमा क्षति भएको छ ।तस्विर ः आषिश पुरी