राज्यमन्त्री यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

- कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

-


     नयाँ लिपि    
     श्रावण १५ गते २०८१ मा प्रकाशित


सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ८१ वर्षका यादव सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुर बस्दै आईरहेका थिए । उनको हत्याको आरोपमा कबिलासी नगरपालिका ३ घर भएका २५ वर्षिय राम उजैन राय र ४६ वर्षिय बिरेन्द्र राय पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका ३ घर भई चन्द्रपुर गाउँपालिका १ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् ।

रामचन्द्र राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै आज नै कैलालीबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका ८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

लल्लन २०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका ४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।