पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर काहुँखोलाका रिवाज रिवाज गुरुङ्ग एक युवकको मृत्यु भएको छ।
२७ वर्षीय रिवाज फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
उनी तालमा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल,कालिकाका प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको टोली परिचालन गरिएको थियो।
गोताखोर टोलीले खोजी गर्ने क्रममा आज बिहान करिब साढे ३ बजे उनलाई अचेत अवस्थामा तालबाट उद्धार गरिएको थियो ।
रिवाजलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका छन् ।







