पोखराको फेवाताल मा पौडी खेल्ने क्रममा डुबेका १० वर्षीय बालकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उनको ज्यान जोगाउन भने असफल रहेको छ ।
पोखरा खपौदीका आरेस लामा बिहान करिब सवा ११ बजे तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट उद्धार टोली खटिएको थियो।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा गएको ७ सदस्यीय गोताखोर टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो।
उद्धारपछि तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगिएकोमा दिउँसो सवा १२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।







