देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकूलपति पद हाल रिक्त रहेको छ ।
जेनजी आन्दोलनपछि गठित सरकारद्वारा खाली गराइएको उक्त पदमा शिक्षा तथा खेलकुद मन्त्रायले इच्छुक व्यक्तिबाट आवेदन माग गरेको थियो ।
गत वैशाखको २५ गते सार्वजनिक सूचना गरेको मन्त्रालयले त्रिविको उपकूलपति पदमा बहाल हुन ५० जनाले आवेदन दिएको बताएको छ ।
त्यस्तै, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयको उपकूलपतिमा ३८/३८ जनाले आवेदन दिएका छन् ।
यसबाहेक अन्य ५ विश्वविद्यालय गरी कूल २ सय १८ जना उपकूलपतिको दौडमा रहेका छन् ।








