आफ्नै रेकर्ड तोड्दै ३२ औं पटक सगरमाथामा कामिरिता

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् ।

शेर्पाले शनिबार सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

आरोहणपछि उनी अहिले आधार शिविरतर्फ ओर्लने क्रममा छन् ।

कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।

Scroll to Top