क्रिकेटमा डाक्टरको ‘इन्ट्री’ ! अन्तर्राष्ट्रिय डेब्यूमा अमेरिकाविरुद्ध ‘नटआउट’ २० रन

आइसिसी विश्वकप लिग-२ अन्तरगत आज भएको अमेरिकाविरुद्धको खेलमा डा. इशान पाण्डेले डेब्यु गरेका छन् ।

पाण्डेलाई करण केसीले डेब्यू क्याप दिएका थिए ।

अद्र्र्धशतक बनाएर अशिफ शेख आउट भएपपछि पाण्डेलाई तेस्रो नम्बरमा अवसर दिइएको थियो ।

उनले उक्त अवसरको फाइँदै उठाउँदै ओपनर कुशल भुर्तेललाई साथ दिएका थिए ।

अमेरिकाविरुद्ध ९ विकेटको शानदार जीत हात पारेको खेलमा पाण्डे ३० बलमा २० रन बनाउँदै अविजित रहे ।

३६.४ बलमा लक्ष्य भेटाउनेक्रममा पाण्डेले चौका प्रहार गर्दै जीत निकालेका थिए ।

पाण्डे मेडिकल रजिष्टर्ड चिकित्सक हुन् ।

तस्बिरः क्यान

Scroll to Top