अमेरिका विरूद्धको खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेँसँगै शानदार जीत हात पारेको छ ।
त्रिवि मैदानमा अमेरिका विरूद्ध १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले ३३ औं ओभरको तेस्रो बलमा शतक पूरा गरेका हुन्।
१९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले ३३ औं ओभरको तेस्रो बलमा शतक पूरा गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको हो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक साबित भए। शतकसँगै नटआउट प्रदर्शनले नेपालले १९६ रनको लक्ष्य ३६.४ ओभरमै पूरा गर्यो। भूर्तेलले ११८ बल खेलेर १२० रन बनाए। उनले १३ चौका र ४ छक्का प्रहार गरे।
एकदिवसीय अन्तर्राष्ट्रियमा भूर्तेलको यो दोस्रो शतक हो।
खेलमा अर्का ओपनर आशिफ शेखले पनि अर्धशतक बनाएका थिए।
उनले ७२ बलमा ५८ रन बनाएका थिए।
पहिलो एकदिवसीय खेलेका इशान पाण्डे ३० बलमा २० रन बनाउँदै नट आउट रहे।







