एसईई नतिजा २९ दिनमै सार्वजनिक, ६५.९८ प्रतिशत पास

राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको छ।

यस वर्ष परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

बोर्डका अनुसार ४८ हजार ३ सय ९२ विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन्।

गत वर्षको तुलनामा यस वर्षको नतिजा ४.१७ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ।

त्यसैगरी, बोर्डले असार १ गतेदेखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने जनाएको छ। पुनर्योगका लागि आवेदन दिने समय १ जेठदेखि ७ गतेसम्म तोकिएको छ।

Scroll to Top