‘म दोषी प्रमाणित नभए पत्रकारलाई पनि कार्वाही हुनुपर्छ’ -पूर्व गृहमन्त्री

पूर्व गृहमन्त्री सुधन गुरूङ् सोमबार संसदमा सहभागी भएका छन्।

सरकारद्वारा जारी नीति तथा कार्यक्रमका दौरान सहभागी उनले सञ्चारकर्मीलाई सटिक प्रतिक्रिया दिए।

सोहीक्रममा उनले आफुमाथि आरोप लागेपछि राजीनामा दिइ छानबिन गर्न मार्गप्रशस्त गरिदिए पनि हालसम्म केही छिनोफानो नभएकोमा दुखेसो गरे।

‘मेरोबारे अझै केही निर्णय भएन’ उनले भने ‘मेरो विषयमा छिटो फैसला होस्।’

त्यस्तै पत्रकारहरूले लेखेको समाचारले आफुलाई विवादमा पारिएको भन्दै उनले दोषी भए सजाय भोग्न तयार भएको र आरोप प्रमाणित नभए पत्रकारलाई पनि कारवाही हुनुपर्ने जिकिर गरे।

Scroll to Top