राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको छ।
यस वर्ष परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
बोर्डका अनुसार ४८ हजार ३ सय ९२ विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन्।
गत वर्षको तुलनामा यस वर्षको नतिजा ४.१७ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ।
त्यसैगरी, बोर्डले असार १ गतेदेखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने जनाएको छ। पुनर्योगका लागि आवेदन दिने समय १ जेठदेखि ७ गतेसम्म तोकिएको छ।







