गुरुङ समाज जापानको अध्यक्षमा युवराज

-


     नयाँ लिपि    
     असार ३० गते २०८१ मा प्रकाशित


रामचन्द्र राई, जापान ।गुरुङ समाज जापानको प्रथम अधिवेशनले युवराज गुरुङलाई अध्यक्षमा चयन गरेको छ । २५ सदस्यीय कार्यसमिति रहने गरि गठित गुरुङ समाज जापानको प्रथम अधिवेशनले उपाध्यक्षहरुमा चन्द्र गुरूङ ,प्रकाश कोके गुरूङ र आशिष गुरूङ महासचिवमा मोती गुरूङ ,सचिवमा पदम गुरूङ ,कोषाध्यक्षमा राम गुरूङ ,सह-कोषाध्यक्षमा कुमार गुरूङ चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा कौशल गुरूङ ,प्रिती गुरूङ,जमुना गुरूङ ,जेबी गुरूङ ,याम गुरूङ ,आशिष गुरूङ ,सोमन गुरूङ ,महादेव गुरूङ, आशिष गुरूङ ,विष्णुमाया गुरूङ ,दिपक घले ,जगदिश गुरूङ, टुम गुरूङ ,आष्मा गुरूङ ,प्रेम गुरूङ ,सुमन घले र जगदिश गुरुङ चयन भएका छन ।

जापानवासी गुरूङहरुको साझा र अपनत्व महसुस हुने गरी स्थापना गर्न गईरहेको संस्था गुरुङ समाज जापानको “भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ सम्पन्न प्रथम अधिवेशन कार्यक्रममा जापानमा सकृय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु एनआरएन अभियान्तहरु तमु तथा गैर तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समिति,संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ ले प्रमुख अतिथि एवं सह-महासचिव मनोज गुरूङ ले विशेष अतिथिको मन्तव्य राखेका थिए ।

जुलाई १२ मा टोकियोको सिनओकुबोस्थित नेपाली मुराहल सोलमारीमा आयोजित उक्त औपचारिक कार्यक्रममा जापानमा सकृय कलाकारकरुले नृत्य प्रस्तुत गरेका थियो ।

निर्वाचित अध्यक्ष युवराज गुरुङले जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिवृद्दि गर्न र उनिहरुको “प्ये ताँ ल्हु ताँ”मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र संबर्द्धन गर्दै सामाजिक आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्न एक सामाजिक संस्थाको आवश्यकता महसुस भएकोले “तमु समाज जापान”को विधिवत स्थापना र सञ्चालनको लागि यो कदम चालिएको बताईएको छ ।